बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दुई दिनमा बल्ल बल्यो बिजुली

दुई दिनमा बल्ल बल्यो बिजुली


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०७८, मंगलबार

बागलुङ/ बागलुङ र पर्वतको दक्षिण क्षेत्रमा २ दिनपछि विद्युत आपूर्ति सूचारु भएको छ । भारी बर्षासँगै खसेको पहिरोले रुख ढालेर ३३ किलोभोल्ड प्रसारण लाइनमा क्षति पु¥याएपछि बागलुङ पर्वतको दक्षिण क्षेत्रमा आइतबारदेखि विद्युत सेवा बन्द भएको थियो ।

सोमबार विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङ र पर्वतको सहकार्यमा अवरोध हटाएपछि विद्युत आपूर्ति सहज भएको हो । कुश्मा नगरपालिका ६ मा पर्ने कालिगण्डकी नदी किनार हुँदै विस्तार भएको प्रसारण लाइनको तारमा रुख परेको विद्युत प्राधिकरण बलेवा नो लाइटका प्राविधिक केशव जिसीले सामाजिक सञ्जालमा तारमा झुण्डिएको रुख राख्दै लेखेका छन् ।
रुखले तारमा पीङ खेलेपछि कालीगण्डकीको बहावमाथि पुगेकाले हटाउन समय लागेको उनले बताए । रुख हटाएर पुरानै तारलाई मर्मत गरेर विद्युत सुचारु गरिएको वितरण केन्द्र बागलुङले जनाएको छ । बागलुङको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडामा विद्युत आपूर्ति बन्द भएको थियो ।

पर्वतको फलेवास नगरपालिका, महाशिला, बिहादी र पैञ्यु गाउँपालिकामा समेत बिद्युत अबरुद्ध भएको थियो । कालीगण्डकीको अबरोध हटेपछि फलेवाससम्म बिद्युत आपूर्ति सूचारु भएको भएपनि पर्वतका अन्य पालिकामा भने अबरोध कायमै छ । लुंखु देउरालीमा पहिरोले पोल ढालेपछि दक्षिण पर्वतमा विद्युत सूचारु हुन समय लागेको पर्वत वितरण केन्द्रले जनाएको छ ।

आइतबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रका ५ हजार घर परिवार र पर्वतका आठ हजार घर परिवार अन्धकारमा थिए । लामो समय बिद्युत आपूर्ति बन्द हुँदा सञ्चार सूविधाबाट समेत बञ्चित भएको बागलुङको जैमिनी नगरपालिका–८ का दिपक शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->