बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अबदेखि प्रशासनमै टिकट र निवेदन

अबदेखि प्रशासनमै टिकट र निवेदन


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०७८, बुधबार

बागलुङ/ केही वर्षअभिसम्म घर छोडेर बाहिर रहेका आफन्तलाई चिठ्ठी पठाउन आवश्यक हुन्थ्यो हुलाक टिकट । सरकारी कामका लागि प्रयोग हुने भन्दा चिठ्ठी, पत्र पठाउनकै लागि धेरै प्रयोगमा आउने टिकट सरमुकाममा रहेको हुलाक कार्यालय र माताहतका कार्यालयमार्फत पाईन्थ्यो ।

टेलिफोन, इमेल र इन्टरनेटको युग सुरुभएपछि हुलाक टिकटको खपत निकै कम छ । सरकारी राजश्वको गतिलो स्रोतको रुपमा रहेको हुलाक टिकट पछिल्लो समय सरकारी कामका लागि मात्रै प्रयोगमा आउँछ । सदरमुकाम बागलुङ बजारमा रहेका कार्यालयहरुमा निवेदन दिँदा होस वा कुनै कागजी प्रक्रियाको थालनी गर्दा किन नहोस टिकट चाहिन्छ । तर कार्यालय पसिसरमा भने टिकट पाईंदैन् ।

हुलाक कार्यालय र अन्य कार्यालयको दुरी टाढा छ । एउटा कार्यालयमा कामका लागि पुगेका सेवाग्रहीले हुलाक खोज्दा हैरानी । निजी व्यवसायीबाट टिकट लिँदा महंगो पर्ने । अब भने जिल्लाकै प्रमुख प्रशासनिक केन्द्र जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको सहजताका लागि प्रयास थालेको छ । प्रशासन कार्यालय परिसरभित्रै हुलाक टिकट र आवश्यक सबै निवेदनका नमुना दिन प्रसासनले काम थालेको हो ।
‘हुलाक पुग्छ सेवाग्रहीलाई झन्झट, पसलबाट ल्याउँदा मुल्य बढी पर्ने,’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने ‘हामीले कार्यालय पसिसरबाटै आवश्यक निवेदनका नमुना र टिकट दिने व्यवस्था मिलायौं, टिकटको पैसा लाग्छ निवेदनको लाग्दैन ।’ प्रशासन आसपासमा रहेका निजी व्यवसायीले तयार गर्ने निवेदनका नमुनाहरुमा लिइने शुल्कबाट सेवाग्रही मुक्त भएको उनले बताए ।

सदरमुकाममा रहेका मालपोत, नापी, जिल्ला प्रहरी, लोकसेवा आयोग, यातायात व्यवस्था कार्यालयलगायतका दिन दैनिकीसँग जोडिएका कार्यालयहरुले पनि आवश्यक प्रकृयाको जानकारी र कागजात कार्यालय परिसरबाटनै उपलव्ध गराउनु पर्ने सेवाग्राही बताउँछन् ।

हुलाक कार्यालयसँगको समन्वय र प्रशासन कार्यालयको जनशक्ति तथा पूर्वाधार परिचालन गरेर टिकट र निवेदनका नमुनाहरु उपलव्ध गराउन थालिएको हो । प्रशासनले सार्वजनिक सूचनानै जारी गरेर उपलव्ध सुविधाका लागि अन्यत्र नजान सेवाग्रहीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->