पोखरा, १९ भदौ–क्रिस्टियानो रोनाल्डो विश्व फुटबलको सर्वाधिक सफल खेलाडी मात्र नभई विश्व रेकर्ड राख्ने खेलाडी समेत हुन् । उनले हालैमात्र १११ अन्तराष्ट्रिय गोल गर्दै किर्तिमानी कायम गरेका छन् ।
जुन गिनिज बुकमा समेत सामालि भएको छ । सन् २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडमा रहेका रोनाल्डो १२ वर्षपछि पुनः म्यान्चेस्टरमै फर्किएका छन् ।
हाल युभन्टस छाडेर उनी म्यान्चेस्टरमा पुगेका हुन् । उनले यस अघि म्यान्चेस्टरमा ७ सिजन विताएका थिए । म्यान्चेस्टरमै रहँदा रोनाल्डोले पहिलो फिफा बालोन डि ओर अवार्ड पाएका थिए ।
म्यान्चेस्टरमा हुदाँ रोनाल्डोले कुल १९६ खेलमा आफ्नो प्रतिनिधित्व गरेका थिए । रोनाल्डोले म्यान्चेस्टरमा हुदाँ कुल ८४ गोल गरेका थिए । पोर्चुगिज फरवार्ड रोनाल्डो म्यान्चेस्टरबाट खेल्दा १३२ खेल जितेका छन् भने २८ खेल हारेका छन् ।
उनले हेड र फ्रिकिक मार्फत समान ९÷९ गरेका छन् । दाइने खुट्टाले ४७ तथा देब्रे खुट्टाले ४ गोल, पेनाल्टिमा ११ गोल गरेका थिए भने, ३४ गोलमा असिस्ट दिएका थिए ।
उनले ३ हजार ५सय ४३ पास र ४२७ क्रस खेलेका छन् । रोनाल्डो म्यान्चेस्टरमा हुदाँ विभिन्न लिग समेत जितेका छन् ।





