बागलुङ/बर्खे पानी संकलनका लागि बनाईएको ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको छ । ट्याङ्कीमा डुबेर घाईते भएका बागलुङ नगरपालिका–१० भकुण्डेका ८ वर्षिय एलस बुढाथोकीको धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । भकुण्डेको धौलेचौर भन्ने स्थानमा पानी संकलनको लागि बनाईएको पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए । अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका थापालाई अस्पतालले मृत घोषित गरेको थियो ।
यस्तै, भकुण्डेकै अर्का एक युवा मृत अवस्थामा फेला परेका छन् । भकुण्डेको चमचाका २८ बर्षिय सागर थापा मृत भेटिएका हुन् । भदौ १८ गते साँझदेखि हराएका थापा घरदेखि अन्दाजी ५ सय मिटर पश्चिमतर्फ रहेको पहिरे खोलाको बीच भागमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक बिराट शर्माले बताए ।





