बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आदर्श सञ्चार अनलाईनको बार्षिकोत्सव

आदर्श सञ्चार अनलाईनको बार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

बागलुङ/ बागलुङबाट दुई बर्षअघिदेखि प्रकाशन आरम्भ गरेको आदर्श सञ्चार अनलाईन डटकम सोमबारदेखि तेस्रो बर्षमा प्रबेश गरेको छ । आदर्श सञ्चार सहकारीको प्रकाशन अनलाईनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोभिड संकट, स्वास्थ्य र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।

कार्यक्रममा सहभागीले कोभिड महामारीले अवसर र चुनौती दुवै सिर्जना गरेको बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कठिन परिस्थितीमा सञ्चारमाध्यामको साथले महामारीसँग जुध्न सहज भएको बताए ।
अर्का कार्यपत्र प्रस्तोता राम शर्माले महामारीको बेला भएका रचनात्मक र सकारात्मक प्रयासका कारण स्वास्थय क्षेत्रमा पूर्वाधार निर्माणमा सहयोग पुगेको बताए । जनताको आवश्यकता अनुसारको सेवा अझै प्राप्त नभएपनि गुनासो गरिहाल्ने ठाउँ नरहेको उनको कार्यपत्रमा उल्लेख थियो ।

कार्यक्रममा धौलागिरी अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेल, स्वास्थ्य बिमा कार्यक्रमका नारायण पौडेल, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिक, बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनाल, पत्रकारहरु प्रकाश बराल, किरण आचार्य लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष हुमकुमारी जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यकारी सम्पादक दिल शिरिषले गरेका थिए । कार्यक्रमको बिषयमा जानकारी सम्पादक रामबहादुर जिसीले गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->