बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रोहित र सोमपालको उत्कृष्टतामा नेपालको रोमाञ्च‍क जित

रोहित र सोमपालको उत्कृष्टतामा नेपालको रोमाञ्च‍क जित


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०७८, मंगलबार

काठमाडौं – ओमानको अल अमेरत रंगशालामा मंगलबार भएको खेलमा नेपालले दुई विकेटले जित हासिल गरेको हो। रोहित र सोमपालले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।

पपुवा न्युगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले आठ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गरेको छ।

नेपालका लागि रोहितले ४१, आशिफ शेखले ३०, सोमपालले २२ र कुशल भुर्तेलले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

पपुवा न्युगिनीका लागि गउडी टोकाले तीन, चाद सोपर र दमेइन रभुले दुई-दुई विकेट लिए।

यसअघि पहिलो इनिङस्मा पपुवा न्युगिनीले राम्रोसँग खेल्न सकेन। नेपाली बलरले शुरुआतदेखि नै दवावमा राखेका थिए। पपुवा न्युगिनीले ३३ ओभर खेलेर १३४ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि सन्दीप लामिछानेले चार, विक्रम शोब र कुसल मल्लले दुई-दुई तथा सोमपालले एक विकेट लिएका थिए।

विक्रमले डेब्यू खेलको पहिलो बलमै विकेट लिएका थिए। उनले पाँच ओभर बलिङ गर्दा २० रन खर्चेर दुई विकेट लिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->