बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले मंगलबार दुई जना सेवाग्राहीलाई सम्मान गरेको छ । १८ औं निजामती सेवा दिवसको अवसरमा कार्यालयले पहिलो सेवाग्राही एक महिला र एक पुरुषलाई खादा मालाले सम्मान गरेको हो ।
कार्यालय परिसरमा जम्मा भएका जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीलाई सम्मान गरेका थिए । सेवाग्राहीले कार्यालयबाट पाउने सेवा स–सम्मान पाउनुपर्ने भन्दै उनीहरुको हौसलाको लागि सम्मान गरिएको प्रशासकीय अधिकृत सूर्यलाल बिकले बताए । ‘तडकभडक त्यागेर सेवाग्राहीको सम्मान गरेर पनि दिवस मनाउन सकिन्छ भन्ने सन्देश दिएका हौं’ उनले भने ।
निजामती सेवा दिवसको अबसरमा बागलुङमा जडिबुटीका बिरुवा रोपिएको छ । जिल्ला प्रशासनको आयोजना र डिभिजन बन कार्यालयको समन्वयमा एक सय बढी जडिबुटीका बिरुवा रोपिएको हो । बागलुङ नगरपालिका–३ रात्माटाको सामुदायीक बन क्षेत्रमा वृक्षारोपण गरिएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताए ।
डिभिजन बन कार्यालयले उपलव्ध गराएका बिरुवा जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीले सामुदायीक बन क्षेत्रमा रोपेका हुन् । ‘शितल दिने र औषधि हुने गुण भएका बिरुवा रोपेका छौं’ प्रशासकीय अधिकृत सूर्यलाल बिकले भने ‘केन्द्रिय कार्यक्रमअन्र्तगत नै वृक्षारोपण गरेका हौं ।’’ हर्रो, बर्रो, अमला, एभोगाडो, बर, पीपल लगायतका एक सय बढी बिरुवा रोपिएको उनले बताए ।


तस्विरः अर्जुन ढकालको सहयोगमा





