बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लोकतान्त्रिक चोक वरपर सरसफाई

लोकतान्त्रिक चोक वरपर सरसफाई


  • ढोरपाटन संबाददाता
  • भाद्र २३ २०७८, बुधबार

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकाम बागलुङको लोकतान्त्रिक चोक वरपर सरसफाई गरेको छ । सदरमुकाम बागलुङ बजारको केन्द्रको रुपमा रहेको र बाघको शालिक पनि निर्माण भएको स्थानमा फोहोर जमेकाले जिल्ला प्रहरी कार्यालय बागलुङको नेतृत्वमा सरसफाई गरिएको हो ।

चोक वरपर रहेको फोहोरलाई सरसफाई गरि व्यस्थापन गरिएको तथा बाघको शालिक र ट्राफिक डमीलाई पनि आवश्यक सफाई गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रिनाथ शर्माले जानकारी दिए ।

ट्राफिक व्यवस्थापनमा सक्रिय भएतापनि सदरमुकामको सडक र बातावरणलाई स्वच्छ राख्नका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत ट्राफिक प्रहरीको सहभागीतामा सरसफाई गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो समय जिल्लाको ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणका लागि महत्वपूर्ण कार्य गर्दै आएको तथा कोरोना नियन्त्रणका लागि पनि नमस्कार सहित तपाईको मास्क खोइ लगाएतका काम गर्दै आएको प्रमुख शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->