आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय फुटसल लिगको तयारीमा पोखरा

राष्ट्रिय फुटसल लिगको तयारीमा पोखरा


  • विजय नेपाली
  • भाद्र २५ २०७८, शुक्रबार

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक राष्ट्रिय फुटसल लिग हुँदैछ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो ।

एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसमा गण्डकी प्रदेशको समेत २ टिमको सहभागिता छ । कोरोनाका कारण स्थगित फुटसल लिग असोज २ गतेदेखि हुने भएपछि यतिबेला बहुउदेश्यीय हल निमार्णको काम सुरु गरिएको छ । अहिले हलमा लिगका लागि कार्पेट बिछ्याउने काम चलिरहेको छ ।

एन्फाले काठमाडौंमा मंगलबार खेल तालिका सार्वजानिक गर्दै मिति तय गरेको छ । ७ प्रदेशका १० टिम सहभागी हुनेछन् । लिग असोज २२ गते सकिने छ । राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन् भने २२ गते फाइनल हुनेछ । लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिए ।
‘एन्फाको आयोजनामा पोखरामा राष्ट्रिय फुटसल लिग हुँदै छ । यो नेपालकै पहिलो फुटसल लिग हो,’ उनले भने, ‘लिगको तयारीमा जुटिरहेका छौं । करिब ९० प्रतिशत काम सम्पन्न भइसकेका छन् । कार्पेट राख्ने काममा बाकीँ हो राख्न सुरु गरिसकेका छौ’ ।’ लिग पोखरामा नै हुने यस अघि नै तय भइसकेको उनले बताए ।

‘लिग पोखरामा नै हुने तय भइसकेको थियो हामीले बैशाखमा आयोजना गर्ने गरी तयारी गरेपनि कोभिडका कारण छनोट चरणका खेल चैत १ देखि सुरु भएर वैशाखसम्म आयोजना गरिएको थियो । छनोटखेल पनि गण्डकीमै समापन गरिएको हो ।’ काठमाण्डौँलाई मात्र केन्द्रित हुने गरेपनि पहिलो पटक राजधानी बाहिर ठुलो प्रतियोगिताको रुपमा फुटसलको आयोजना हुन लागेको हो ।’

५/५ जना खेलिने खेलमा खेलाडी बारम्बार परिर्वतन गर्न सकिने उनले बताए । होटल व्यवस्थापन भइसकेको र सबै खेलाडी, प्रशिक्षक र पदाधिकारीको चरक मेमोरियल अस्पतालमा कोरोना परिक्षण गराएर मात्र लिगमा सहभागी गराउने उनले बताए । यस्तै दर्शकका लागि पनि खोप लगाएकालाई प्रवेश दिनेभन्ने सोच गरेको भएपनि जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वय गरेर मात्र निर्णय लिने बताए ।

संघले प्रत्येक टिमलाई तयारी खर्च बापत १÷१ लाख रुपैयाँ प्रदान गरेको उनले जानकारी दिए । चैत र बैशाखमा भएको छनोट चरणमा देशभरका ५२ टिमको सहभागिता रहेको थियो । लिगमा सबैभन्दा बढि बागमती प्रदेशबाट सहभागिता जनाएका छन् । बागमती प्रदेशबाट ४ टिमको सहभागिता रहेको छ । बागमतीबाट ढुकु फुटसल हव, संखमुल फुटसल, प्रभातफेरी युथ क्लब, स्काइ गोल्स फुटसल क्लब रहेका छन् ।
लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->