पोखरा/ एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज नयाँ लोगो र नयाँ रंगसहितको जर्सीमा मैदान उत्रने भएको छ ।
जीतको प्रतिक सुन्तला रंग थपिएको राइनोजको पछिल्लो लोगोमा गैंडाको टाउकोसहित माछापुच्छ्रे हिमालमुनि ब्याट्सम्यानले बल प्रहार गरेको देखाइएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म काठमाण्डौ स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ ।प्रतियोगितामा पोखरा राइनोजसहित काठमाण्डौ किंग्स–११, ललितपुर प्याट्रियाट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।





