बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ कारागारमा रहेका चार जनाको सजाय मिनाहा

बागलुङ कारागारमा रहेका चार जनाको सजाय मिनाहा


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०७८, आइतबार

बागलुङ/ संविधान दिवसको अवसरमा विभिन्न कसुरमा कैद सजाय भोगिरहेका बागलुङका चार जनाको सजाय मिनाह भएको छ । गत मंगलबार मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुको सजाय मिनाहा गरेकी हुन् । कुटपिट तथा अंगभंग मुद्धामा दुई बर्षका लागि जेल सजाय पाएका जिल्लाको जैमिनी नगरपालिकाका श्रीप्रसाद थापा, ओमकार थापा र मनबहादुर थापाको सजाय मिनाहा भएको छ । उनीहरु जिल्ला अदालतको आदेशमा एक बर्ष पहिला जेल चलान भएका थिए । जिल्लाको बडिगाड गाउँपालिकाका जीत बहादुर बिकको पनि बाँकी सजाय मिनाहा भएको छ । सवारी ज्यान मुद्धामा एक बर्ष अघि दुई बर्षका लागि जेल चलान भएका बिक आधा मात्रै कैंद भुक्तानी गरेर छुटेको जिल्ला कारागार बागलुङका जेलर दिपेन्द्र पौडेलले बताए । ५० प्रतिशत सजाएँ भुक्तान भएकाहरुलाई कारागार, जिल्ला प्रशासन र गृह मन्त्रालयको सिफारीसमा बाँकी सजाएँ मिनाहा गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->