बागलुङ/ संविधान आफैमा पूर्ण दस्तावेज नभएकोले राज्यका संचालकहरुले त्यसलाई सही ढंगले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
उनीहरुले संविधानलाई गतिशिल बनाउनुपर्ने धारणा पनि राखे । त्यसका लागि सरकारले गर्ने क्रियाकलाप तथा संसदले संविधानका त्रुटी सच्याएर परिमार्जन गर्दै जाने अभ्यास महत्वपूर्ण हुने उनीहरुको भनाई थियो ।
डेमोक्रेटिक लयर्स एसोसिएसनले आइतबार गरेको संविधान दिवश तथा अन्तरक्रिया कार्यक्रममा सहभागिले संविधानकै कारण राजनीति असफल नभई, राजनीतिक दलका कारण संविधान असफल बन्दै गएको टिप्पणी गरेका थिए । कार्यक्रममा कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, वरिष्ठ अधिवक्ताहरु पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे उच्च अदालत बार एसोसिएसन बागलुङका उपाध्यक्ष बद्रीप्रसाद शर्माले बोलेका थिए ।
डिएलए अध्यक्ष भूमिश्वर गौतमको अध्यक्षता, सचिव हरिप्रसाद गौतमको संचालन र उपाध्यक्ष सरिता केसीको स्वागतमा सम्पनन अन्तरक्रियामा डिएलए कास्कीका बिष्णुप्रसाद मरासिनी, बारका पूर्व अध्यक्ष काजीगाउँले श्रेष्ठ, अधिवक्ताहरु रशेम खड्का, युक्तजंग राजभण्डारी, बारका कोषाध्यक्ष बिष्णुप्रसाद सापकोटा, नेपाल ट्रेडयुनियन कांग्रेसका अध्यक्ष इश्वर ठाकुर पौडेल, अधिवक्ता दिननाथ शर्मा, लक्ष्मी जिसी, प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष रामराज कंडेल, लेखापढी व्यवसायी कल्पना श्रेष्ठ र पत्रकार कोपिला कंडेलले बोलेका थिए ।





