बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हात गुमाएका क्षेत्रीलाई सहयोग

हात गुमाएका क्षेत्रीलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

बागलुङ/ फर्निचरमा काम गर्ने शिलशिलामा हात गुमाएका एक युवालाई स्थानीयले सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका १०, राङखानीका तेजेन्द्र क्षेत्रीलाई सामाजिक अभियानता लालबहादुर नेपालीले उपचार खर्च सहयोग गरेका हुन् ।

बिहारथलामा रहेको फर्निचरमा काम गर्ने क्रममा गत जेठ १७ गते मेसिनले च्यापिएर क्षेत्रीले देब्रे हात गुमाएका थिए । उपचार खर्च अभाव भएको भन्दै नेपालीले व्यक्तिगत रुपमा १७ हजार १ सय ७५ रुपैयाँ सहयोग गरेका हुन् ।
आर्थिक अवस्था निकै कमजोर रहेको र परिवारको दयनीय अवस्थाका कारण उनको कृत्रिम हात जडान गर्न समस्या रहेकोले विभिन्न ब्यक्ति, संघसंस्था र वैदेशिक रोजगारमा रहेका नेपालीमाझ आर्थिक सहयोग संकलनका लागि परिवारले अपिल गरेको थियो । हालसम्म विभिन्न व्यक्ति र संस्थाबाट करिब २ लाख रुपैयाँ जम्मा भएको पीडित तेजेन्द्रले बताएका छन । जैमिनी नगरपालिका ४, सर्कुवाका सामाजिक अभियानता नेपालीले पनि अभियान सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->