बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ढोरपाटनमा बाढीले दुई घर पुरिए

ढोरपाटनमा बाढीले दुई घर पुरिए


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७८, बुधबार

बागलुङ/ मंगलबार साँझदेखि परेको बर्षासँगै आएको बढीले बागलुङको ढोरपाटन नगरपालिका–२ दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए ।

बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->