बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कांग्रेसको निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्ती

कांग्रेसको निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्ती


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७८, शनिबार

बागलुङ- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिवार भएको अधिवेसनबाट निसीखोला गाउँपालिकाको पार्टी सभापतिमा वडा नंं. ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् । सभापति निर्वाचित भएका घर्ती २०४६ देखि कांग्रेसमा क्रियाशिल छन् ।
सभापति आंकांक्षा गरेपनि अन्तिम समयमा अन्य आकांंक्षीले उमेदवारी फिर्ता लिएपछि घर्ती निर्वाचित भएका हुन् ।
यस अघि इनद्रबहादुर मल्लले पनि सभापति दावी गरेका थिए । निर्वाचन अधिकृत प्रेमबहादुर रोकाले दिएको जानकारी अनुसार पालिकाका उपाध्यक्षमा लीलबहादुर कुँवर र धनबहादुर रोका तथा सचिवमा राजमन बुढा र धनबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन् । सहसचिवमा मिलन कार्की र शेरबहादुर बिक पनि निर्विरोध भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->