बागलुङ–शनिवारदेखि शुरु भएको कांग्रेसको १४ औं महाधिवेसनको नगर अधिवेसनमा गलकोट नगर सभापतिमा बीरजंग भण्डारी चयन भएका छन् ।
वडा नंं ३ का वडा अध्यक्ष समेत रहेका भण्डारी यसअघि नगर सचिव थिए । जिल्लाकै इतिहासमा पहिलो पटक ३० बर्ष मुनिको नगर सभापति भएको भण्डारी पहिलो हुन ।
वडा अध्यक्षमा रहेर काम गर्दा पनि उनले धेरैको प्रशंसा बटुलेका छन् । गलकोटको मुख्य बजार हटियाको वडा अध्यक्ष भएर सरसफाइ सहित पर्यटन प्रवद्र्धनका क्रियाकलापमा उनको अगुवाइ छ ।
अहिलेसम्म बागलुङका ९ पालिकामा कांग्रेसको नेतृत्व चयन भएको छ । तीमध्ये अधिकांसमा कांग्रेसको रामचन्द्र पौडेल पक्षको हावी भएका छन् । भण्डारीसमेत पौडेल पक्षका हुन् ।





