बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तलब बढाउन माग गर्दै ज्ञापनपत्र

तलब बढाउन माग गर्दै ज्ञापनपत्र


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०७८, मंगलबार
केन्द्रीय सरकारको बजेटले व्यवस्था गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै । फाईल तस्विर

बागलुङ/ केन्द्रीय सरकारको बजेटले व्यवस्था गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै विद्यालय कर्मचारीहरुले बागलुङ नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । नगरपालिकाले तोकिएबमोजिमको पारिश्रमिक उपलव्ध नगराएको भन्दै बागलुङ नगरपालिकाभित्रका विद्यालय कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।

कर्मचारीहरुको साझा संगठन नेपाल विद्यालय कर्मचारी परिषद्मा आवद्ध कर्मचारीहरुले आइतबार प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै पारिश्रमिक वृद्धिको माग गरे ।
सरकारले आव २०७८÷०७९ को बजेत तथा कार्यक्रममा विद्यालय कर्मचारीको खाइपाई आएको तलबभत्तामा स्थानीय तहले व्यवस्थापन गर्ने गरी लेखा सहायकको ७ हजार थप गरी १८ हजार ५ सय, सबै तहका कार्यालय सहयोगीको श्रम ऐनअनुसारको न्यूनतम पारिश्रमिक १५ हजार उपलव्ध गराउने घोषणा गरेको थियो ।

बागलुङ नगरपालिकाले भने कार्यालय सहयोगीका लागि ५ सय र लेखा सहायकका लागि ३ हजार रुपैयाँ मात्रै थप हुनेगरी बजेटको व्यवस्था गरेको भन्दै कर्मचारीहरु आक्रोसित भएका हुन् । ज्ञापन पत्र बुझ्दै ज्ञवालीले नीतिगत तहमा कर्मचारीका जायज मागको बिषयमा जानकारी गराउने बताए । संघीय सरकारले बजेटमा व्यवस्था गरेअनुसारको पारिश्रमिक नपाए आन्दोलनमा जाने परिषद बागलुङ नगर कार्यसमितिका अध्यक्ष ललितबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->