बागलुङ/बागलुङमा रहेका कौशिक गोत्रिय रेग्मीहरु संगठित भएका छन् । साझा संस्था ‘कौशिक गोत्रिय रेग्मी बन्धु समाज’ जिल्ला समन्वय समिति गठन गरेर उनीहरु संगठित भएका हुन् ।
रेग्मी बन्धुहरुको भेलाले बागलुङ नगरपालिका–३ का विश्वनाथ रेग्मीको संयोजकत्वमा १३ सदस्यीय ‘कौशिक गोत्रिय रेग्मीबन्धु समाज’ जिल्ला समिति गठन गरेको हो । समितिको सह–संयोजकमा बागलुङ नगरपालिका–१३ का एकनाथ रेग्मी, सचिवमा बागलुङ नगरपालिका–५ का नारायण प्रसाद शर्मा रेग्मी र कोषाध्यक्षमा बागलुङ नगरपालिका–१३ का ऋषिराम रेग्मी चयन भएका छन् ।
समितिको सदस्यहरुमा टंकनाथ, पर्वती कुमारी, उमानन्द, माया, हरिहर, जनकराज, अशोक, भविश्वर र शिवलाल रेग्मी चयन भएको सचिव नारायण प्रसाद रेग्मीले जानकारी दिए । देशभर रहेका रेग्मी बन्धुहरुको सझा संगठनमा आबद्ध हुनेगरी जिल्ला समिति चयन गरिएको उनले बताए । कम्पनी ऐनको दफा १८ (६) अनुसार दर्ता भएको समाजले रेग्मी बन्धुहरुको हक हित र अधिकारका लागि काम गर्नेछ । सामाजिक सेवा र पछि परेको समुदायको उत्थानमा समाजले कार्यक्रमहरु तयार गर्ने कोषाध्यक्ष ऋषिराम रेग्मीले बताए ।





