आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

शनिबारबाट दोश्रो क्लवस्तरीय हक्की प्रतियोगिता

शनिबारबाट दोश्रो क्लवस्तरीय हक्की प्रतियोगिता


  • Dhorpatan News
  • असोज १५ २०७८, शुक्रबार

पोखरा/ पोखरामा शनिबारबाट दोश्रो क्लवस्तरीय हक्की प्रतियोगिता २०७८ हुने भएको छ ।

पोखरा हक्की क्लवको आयोजनामा पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा ६ टिमको सहभागिता हुने भएको हो । प्रतियोगितामा आयोजक पोखरा हक्की क्लवको तिन टिमसहित घारीपाटन हक्की क्लब, भेटरान्स हक्की क्लब र भिन्तुना हक्की क्लवको सहभागिता रहने छ ।

आयोजकको टिममा भने दुई वटा महिला टिमको सहभागिता रहने छ । महिला टिमसमेत पुरुष टिमसँग भिड्नेछन । लिग कम नक आउटका आधारमा खेलाइने उक्त प्रतियोगिताबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने भएको आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टिम तथा खेलाडीलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक राजन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->