बागलुङ/बागलुङको तमानखोलामा एक जना अधबैंशे पुरुषको शव फेला परेको छ । तमानखोला गाउँपालिका वडा नं. १ बोङ्गादोभान नजिकै खोला किनारमा शव भेटिएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
शुक्रबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यलय बुर्तिबाङको टोली घटनास्थल पुगेको थियो । बेवारिसे शव सडेगलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।
शव भेटिएको क्षेत्र तथा कहिँकतैबाट उक्त हुलिया भएको मानिस हराएको सूचना नआएको हवारीले बताए । शव गलिसकेको हुँदा पोस्टमार्टम समेत गर्न नसकिएको प्रहरीले जनाएको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीको रोहवरमा सोही ठाउँ नजिकै शव व्यवस्थापन गरिएको प्रहरीको भनाई छ ।





