आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय फुटसल लिग : उपाधि भिडन्त आज

राष्ट्रिय फुटसल लिग : उपाधि भिडन्त आज

क्यासलले नचाहेको प्रतिद्वन्द्वी नै फाइनलमा !


  • विजय नेपाली
  • असोज २२ २०७८, शुक्रबार

पोखरा/ पोखरामा जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनल खेल शुक्रबार हुँदैछ । फाइनलमा घरेलुटोली स्पोट्र्स क्यासल र बाग्मती प्रदेशको टोली शंखमुल भिड्दैछन् । लिगको सुरुआतदेखि यी दुई टोली फाइनल दाबेदार हुन् ।
रोमाञ्चक कुरा के भने यी दुवै टिम लिग चरण खेलमा बराबरी खेलेका थिए । क्यासल लिगमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो । शंखमुल भने तेस्रो स्थानमा रहँदै एलिमेटर खेल खेल्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।
तर, फाइनल खेल भने क्यासलले नचाहेको टिम शंखमुल नै हो । लिग चरणकोे अन्तिम खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई हराएको खण्डमा फाइनल प्रवेशका लागि शंखमुलसँग छनोट खेल खेल्नुपर्ने बाध्यता हुन्थ्यो । १० टिमको सहभागिता रहेको लिगमा क्यासललाई दबाब दिन सक्ने टिम नै शंखमुल हो । शंखमुल पनि क्यासललाई बलियो टिम नै मान्छ । तसर्थ फाइनल खेल निकै रोमाञ्चक हुने आशा गरिएको छ ।

दुबै टिममा अब्बल खेलाडी, फुटसलको अनुभव बटुलेका खेलाडी तथा राष्ट्रिय फुटसल टिमबाट यस अघिनै खेलिसकेका खेलाडी छन् । फाइनलसम्मको यात्रामा धेरै मेहेनत गर्नुनपरेको क्यासललाई घरेलु समर्थकको पनि साथ छ ।
फाइनलका लागि क्वालिफाइ खेलमा राइजिङको सामना गरेको शंखमुललाई जित निकाल्न अतिरिक्त समय कुर्नु परेको थियो । खेलको सुरुआतमा शंखमुलले अग्रता लिएपनि मध्य समयबाट भने राइजिङिले अग्रता लिएको थियो । शंखमुलका लागि अनुभवी खेलाडी मणि लामाले ४ गोल गर्दै जित दिलाए । उनले खेलको पहिलो मिनेटमै गोलगर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

११ औं मिनेटमा राइजिङका विसन श्रेष्ठले गोल गर्दै बराबरी गरे । १५ औं मिनेटमा शंखमुलका मणिले दोस्रो गोल गर्दैै पुन अग्रता दिलाए । पहिलो हाफमा २–१ ले पछि परेको राइजिङले दोस्रो हाफमा भने उत्कृष्ट कम्ब्याक ग¥यो । २४ औं मिनेटमा हेमन्त थापा मगरले उत्कृष्ट गोल गर्दै बराबरी गरे ।

२८ औं मिनेटमा विसनले थप १ गोल गर्दै राइजिङलाई अग्रता दिलाए । जित नजिक पुगेको राइजिङका लागि शंखमुलका मणि लामा बाधक बने । खेल जित्ने निश्चित भइसके पनि शंखमुलका गोलरक्षक सहितको टोली नै अघि बढेर खेल सकिन केही सेकेन्डमात्रै बाँकी रहँदा मणिले करिब १२ यार्डबाट गरेको शक्तिशाली प्रहारले जालि चुमेपछि खेल बराबरीमा पुगेको थियो । उक्त गोल मणिका लागि ह्याट्रिक थियो ।
निर्धारित समयको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको तेस्रो मिनेटमा मणिले पुनः १ गोल गर्दै टोलीलाई जित दिलाए । राइजिङका कप्तान रिवोस मास्के र नगेन राईले }
रातो कार्ड खाएपछि राइजिङको हार निश्चित भएको थियो ।

जितका लागि नै खेल्ने छौं : प्रशिक्षक गुरुङ

स्पोट्र्स क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले उपाधी घरमै राख्ने योजना रहेको सुनाए । उनले आफूहरु जितका लागि नै आउने बताए । यस अघि फाइनल प्रवेश गर्ने क्रममा गरिएको कुराकानीमा उनले फाइनलका लागि सविन या राइजिङ आएको हेर्न चाहेको थियो । दुई टिमलाई जित्न सहज हुनेभएकाले क्यासलले शंखमुल आएको हेर्न चाहदैन्थ्यो ।‘हामीले फाइनलसम्मको यात्रा तय गरेका छौँ । जितका लागि खेल्ने हो । हेरौं के हुन्छ ’ उनले भने,‘शंखमुल बलियो टिम हो । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’


फाइनलमा हामीलाई गाह्रो हुनेछ : प्रशिक्षक परियार

शंखमुलका प्रशिक्षक प्रकाश परियारले फाइनलमा आफूहरुलाई जितका लागि असहज हुने प्रतिक्रिया दिए । उनले खेलाडीले लगातार ४ खेल खेलिरहेका कारण निकै थकान भएकाले फाइनलमा समस्या हुने बताए । ‘फाइनल हो समस्या हुन्छ । क्यासल घरेलुटोली पनि हो । दर्शकको साथ पाउनेछ दर्शकको होहल्लाका कारण हामीले हाम्रो खेलाडीलाई योजना भन्न सक्ने छैनौ केहि सुनिदैन्’ उनले भने, ‘क्यासललाई एडभान्टेज छ । एक दिन भएपनि विश्राम मिलेको छ तर, हामीलाई भने छैन् । फाइनल हो खेलाडीले पक्कैपनि पुर्ण जोशका साथ खेल्छन् ।’ उनले सेट खेलाडी अनुभवि भएकाले पनि आफूहरुले जितका लागि खेल्ने बताए ।

प्लेयर्स टु वाच
मणि लामा : शंखमुल

मणिलामा शंखमुलका मुख्य खेलाडी हुन । फुटसलको अनुभव समेत रहेका उनको पोजिसन आला हो । शंखमुललाई फाइनलमा पु¥याउ मुख्य भुमिका खेल्ने खेलाडी नै मणिलामा हुन् ।

अनिष श्रेष्ठ कप्तान शंखमुल

शंखमुलका कप्तान अनिष श्रेष्ठ गोल रक्षक हुन् । राष्ट्रिय फुटसल टिमका पहिलो रोजाइका समेत गोलरक्षक रहेका अनिषसंग फ्ुटसलको अनुभव निकै राम्रो रहेको छ । टिमलाई हरेक खेलमा जित दिलाउन उनको पनि ठुलो योग्दान रहेको छ । उनलाई सहजै रुपमा गोल छिराउन भने विपक्षि खेलाडीलाई मुस्किल हुने गर्दछ ।

सुमित श्रेष्ठ : क्यासल

सुमित श्रेष्ठ स्पोट्र्स क्यासलका कि प्लेयर हुन् । आला पोजिसनमा खेल्ने सुमित क्यासलका सर्वाधिक गोलकर्तामै पर्छन् । क्यासललाई फाइनलमा पु¥याउन सुमितले मुख्य भुमिका खेलेका थिए । सुमित बल पाएपछि अघि बढाउन र विपक्षिलाई छलाउन माहिर खेलाडी हुन् ।

किशोर गुरुङ : क्यासल

किशोर गुरुङ क्यासलका लागि खम्बा हुन् । सद्यै विपक्षिको पोष्ट नजिक बस्ने किशोरले बल पाएमा छाड्दैनन् । उनीमा बल पाएपछि टिर्निङ गरेर प्रहार गर्ने राम्रो खुबि छ । त्यो बाहेक किशोरको प्रहार सद्यै पोष्टमै लाग्ने गर्दछ । उनको पाँच प्रहार मध्ये १ प्रहार गोलमा परिणत भएकै हुन्छ ।

विश्वास पौडेल : गोलरक्षक

}विश्वास पौडेल क्यासलका गोलरक्षक हुन् । उनलाई टाढाबाट जति शक्तिशालि प्रहार गरेपनि सहजै बचाउ गर्न सक्छन् । लिग चरणमा उत्कृष्ट प्रदर्सन गरेका उनले फाइनलमा पनि उत्तिकै प्रदर्सन गर्ने आशा गरिएको छ । विश्वासलाई पेनाल्टी र फ्रिकिकमा गोल छिराउन निकै मुस्किल हुने गर्दछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->