आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महानगरको दौडमा सेनाको वर्चश्व

महानगरको दौडमा सेनाको वर्चश्व


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७८, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको १० किलो मिटर खुल्ला महिला÷पुरुष दौड प्रतियोगितामा नेपाली सेनाले वर्चश्व जमाएको छ ।

महिला १० किलो मिटर दौडमा प्रथम, द्धितीय र तृतीय स्थान नेपाली सेनाका धावक विजयी बने भने पुरुषतर्फको प्रथम र द्धितीय स्थानपनि सेनाकै धावकले प्राप्तगरे । ५१ मिनेट ३८ सेकेण्डमा दूरी पार गदै नेपाली सेनाकी सेमकली जैसी प्रथम, ५३ मिनेट ११ सेकेण्डमा दूरी पार गदै गोमा पुन द्धितीय र ५५ मिनेट ५३ सेकेण्डमा दूरी पूरा गदै मनसरा कुमाल तृतीय भएका हुन् । त्यस्तै पुरुष १० किमी दौडमा नेपाली सेनाका नरेन्द्रसिंह राउत प्रथम भए । उनले ३३ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गरे । ४० मिनेट ५ सेकेण्डमा दूरी पारगर्दै सेनाकै रामजी बस्नेत दोश्रो हुँदा सशस्त्र प्रहरीका निरज भट्ट क्षेत्री ४० मिनेट १५ सेकेण्डमा दूरी पूरा गदै तेश्रो भए ।

प्रतियोगिता अन्तर्गत विद्यालय स्तरीय छात्रातर्फको प्रतिस्पर्धामा कास्की मोर्डनाइज्ड की यमुना थापाले २५ मिनेट २५ सेकेण्डको पूरा गर्दैप हिलो, राष्ट्रिय माविकी छात्रा संगीता विक २६ मिनेट २५ सेकेण्डमा पूरा गर्दै दोस्रो र कास्की मोर्डनाइज्ड की दिलमाया पुलामीले २७ मिनेट १७ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थान प्राप्त गरे । छात्रतर्फ जनप्रिय माविका प्रविन शेर्पाले २६ मिनेटमा ५ किलोमिटर दूरीलाई पुरा गर्दै प्रथम हुदाँ छोरेपाटनका मनोज रोका मगरले २२ मिनेट २५ सेकेण्डमा पूरा गर्दै दोस्रो र सिद्ध माविका विमलपुन मगरले २६ मिनेट २६ सेकेण्डमा पुरा गर्दै तेस्रो भए । छात्र तथा छात्रा दौड विजेतालाई नगद १०, ७ र ५ हजार रुपैयाँ र महिला तथा पुरुषखुल्ला १० किलोमिटर दौड विजेतालाई १५, १० र ७ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दौडमा विद्यालय स्तरीय प्रतिस्पर्धामा ३३२ जना, खुल्ला महिला तथा पुरुषतर्फ ३ सयजनाको सहभागिता रहेको थियो । दौडको उद्घाटन पोखरा महानगर उपमेयर मन्जुदेवी गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->