बागलुङ/ दशैंका लागि नयाँ नोट सटही सुरुभएको छ । शुक्रबारदेखि बागलुङका बैंक तथा बित्तिय संस्थाहरुले सपर्वसाधारणका लागि नयाँ नोट दिन सुरु गरेका हुन् । नेपाल बैंक लिमिटेडले प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही गरिरहेको बागलुङ शाखाका प्रबन्धक अमृत सेवाले बताए । शुक्रबार र आईतबार नयाँ नोट साटिने सेवाले बताए । भौतिक दुरी कायम गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर नयाँ नोट सटही थालेको सेवाले बताए । नेपाल बैंकले गलकोट, बुर्तिबाङ र बागलुङ शाखाबाट तीन करोड रुपैयाँका नयाँ नोट वितरण हुने उनले जानकारीदिए । बागलुङ बजारका अन्य बैंक तथा बित्तिय संस्थाले पनि शुक्रबारदेखि नयाँ नोट सटही थालेका छन् ।





