आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साफ च्याम्पियनसिप स् फाइनलमा नेपाल र भारत भिड्ने

साफ च्याम्पियनसिप स् फाइनलमा नेपाल र भारत भिड्ने


  • ढोरपाटन संबाददाता
  • असोज २८ २०७८, बिहिबार

काठमाडौं /साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् ।

बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३९१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे । माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।

जितसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो ।

फाइनल खेल आइतबार नेपाली समयअनुसार ४स्४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->