आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित


  • ढोरपाटन संबाददाता
  • असोज ३१ २०७८, आइतबार

काठमाडौं / पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको नेपाल भारतसँग पराजित भएको छ । नेपाललाई ३(० गोल अन्तरले हराएको भारतले उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित रहृयो ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।

नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेल अवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->