आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुदमा जिम्मेवारी

खेलकुदमा जिम्मेवारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

पोखरा/प्रदेश खेलकुद परिषदले आफ्ना रणनितिक योजनाहरु कार्य सम्पादन गर्नका लागि जिम्मेवारी तोकेको छ ।

प्रदेशको खेलकुद विकासका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि सदस्यहरुलाई जिम्मेवारी सुम्पिएको सदस्य सचिव तेजबहादुर गुरुङले बताए । उनका अनुसार परिषदका उपाध्यक्ष धोजकुमार गुरुङलाई यूवा स्वरोजगार कार्यक्रमको संयोजक तोकेको छ भने परिषदका कार्यकारी सदस्य दिलबहादुर गुरुङलाई विभिन्न योजनाहरुको कार्यविधि,मापदण्ड निर्धारण र खेलाडी कल्याण कोष, कार्यकारी सदस्य ऋषिराम गौतमलाई आधारभूत खेल मैदानहरुको स्त्तरोन्नती तथा जिल्लाहरुमा पूर्वाधारहरुको लगत संकलन गर्ने जिम्मेवारी दिएको छ । त्यस्तै कार्यकारी सदस्य तारा माया थापा मगर लाई प्रदेशको प्राथमिकताका आधारमा खेलहरुको वर्गीकरण र पोखरा रंगशालामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न जिम्मेवारी दिइएको छ ।

त्यस्तै रेफ्रि, स्वयसेवक प्रशिक्षण, खेलकुद शिक्षकहरुका लागि प्रशिक्षणको संयोजकमा निर्मला बराल रहेकी छन् भने ‘ट्यालेन्ट हन्ट’ कार्यक्रमअन्तर्गत खगेन्द्र क्षेत्री संयोजक रहेका छन । प्रदेशभित्र वाटर स्पोर्टसको अध्ययन अनुशन्धान, शाहसिक खेलकुदको प्रवद्र्धनका लागि बसन्तराज दवाडी, खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव तथा पदर्शनका लागि योगिता कुमारी मल्ल सहनी, सक्रिय खेलाडीसंगै पूर्वखेलाडीहरुको व्यक्तिगत र समुहगत तथ्याङ्क र सूचना प्रविधिको संयोजकको जिम्मेवारी केशव पाठकलाई सुम्पिएको छ । बैठकले अपाङ्गता खेलकुदको प्रतियोगिता सञ्चालनका लागि अमृत बराल, ११ वटै जिल्लामा सडक दौड प्रतियोगिता आयोजना गर्ने संयोजकमा योगेन्द्र गुरुङ, पोखरा रंगशाला भित्र खानेपानीको व्यवस्थापनका लागि योगेन्द्र शेरचन र खेलकुद पुस्तकालयको स्थापनाको लागि शुभकन्या गुरुङलाई जिम्मेवारी दिएको छ भने प्रशिक्षक प्रशिक्षण प्राविधिकतर्फको संयोजकमा कृष्ण तिमिल्सिना र परम्परागत खेलहरुको संरक्षण, प्रवद्र्धन तथा प्रतियोगिता सञ्चालनको लागि रामचन्द्र थापालाई जिम्मेवारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->