बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु

रत्नेचौरमा तरुण दल कप फुटबल शुरु


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि प्रथम रत्नेचौर तरुण दल कप फुटबल प्रतियोगिता शुरु भएको छ ।
नेपाल तरुण दल रत्नेचौरले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न २७ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कडेंलले रत्नेचौर अपार संभावनाहरु रहेको ठाउँ भएकोले कृषि, पर्यटन र खेलकुदको माध्यमद्धार यस ठाउँको विकास गर्न सकिने बताए ।

रत्नेचौरमा निर्माणाधिन क्षेत्रीय स्तरको खेलकुद मैदानका लागि आफूले प्रदेश सरकारबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री कडेंलले धवलागिरि क्षेत्रको पाएक पर्ने ठाउँ रत्नेचौरमा क्षेत्रीय स्तरको खुलकुद मैदान निर्माण हुनु गौरबको विषय हो भने ।

प्रतियोगिताको प्रथम पुरस्कार ६६ हजार ५५५ रहेको छ । सो पुरस्कार नेपाली कांग्रेस म्याग्दीका संस्थापक सभापति स्व. ओमबहादुर बोगटीको स्मृतिमा छोरा दीपक बोगटी र नाति अभिषेक बोगटीले ओम्बो मेमोरियल ट्रष्ट मार्फत सौजन्य गरेका भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले जानकारी दिए ।
त्यसैगरी ३१ हजार ५५५ रासीको दोस्रो पुरस्कार स्वर्गिय हर्कवहादुर पुनको स्मृतिमा छोरा खमबहादुर पुन, नाति असिम पुन, नातिनी प्रमिला र धना पुनले सौजन्य गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->