आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महिला फुटबल खेलाडीको बिदाइ

महिला फुटबल खेलाडीको बिदाइ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०७८, मंगलबार

पोखरा/ काठमाडौंमा आयोजना भइरहेको उपमेयर कप राष्ट्रिय फुटबल लिग प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाको महिला फुटबल टिमलाई बिदाइ गरिएको छ । पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले सोमबार उनीहरुलाई बिदाइ गरेकी हुन् ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाइ कार्यक्रममा ट्रयाक सुट र नगद हस्तान्तरण गरिएको थियो ।
कात्तिक ४ गतेदेखि सुरु प्रतियोगितामा देशभरका ३१ टिमको सहभागी रहेको एन्फाले जनाएको छ । प्रतियोगितामा विजेता टिमले ५ लाख, उपविजेता टिमले ३ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->