पोखरा/ पोखरामा वडाध्यक्ष कप बुद्धिचाल प्रतियोगिता २०७८ आयोजना भएको छ । माइण्ड फ्रेस चेस क्लब पोखराको आयोजनामा यही कात्तिक १२, १३ र १४ गते प्रतियोगिता हुन लागेको हो ।
माइण्ड फ्रेस चेस क्लब पोखराका संस्थापक अध्यक्ष युवराज भण्डारीले प्रतियोगितामा ६० भन्दा बढीको सहभागिता रहने बताए ।विजेताले १५ हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्रको साथमा प्लाराग्लाइडिङ र बोटिङ गर्ने अवसर पाउनेछ । यस्तै दोस्रो पुरस्कार १० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्रको साथमा बोटिङ, तृतीय पुरस्कार ५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्रको साथमा बोटिङ, चौथो पुरस्कार ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्रको साथमा बोटिङ रहेको छ ।





