आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चौथो डायमन्ड रनिङशिल्ड सुरु

चौथो डायमन्ड रनिङशिल्ड सुरु


  • सुमन जिसी
  • कार्तिक २३ २०७८, मंगलबार

लेखनाथ/ कास्कीको पोखरा महानगरपालिका २७ तालचोकमा रहेको डायमन्ड माध्यमिक विद्यालयमा चौथोे डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।विद्यार्थीहरुलाई पढाइको साथसाथै खेलकुदका माध्यमले पनि अगाडि बढाउने उद्देस्यले खेलकुद प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले बताए ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका बिच बिभिन्न विधामा खेलकुद गरिदै आएको र यस वर्ष पनि सोही कार्यलाई जारी राख्यको विद्यालयका खेलकुद शिक्षक विनोद थापाले जानकारी दिएका छन् ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोका, व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, शैक्षिक विभाग प्रमुख संजिव थापा लगायतले खेलाडी विद्यार्थीलाई खेलमा उत्कृष्टता देखाउन शुभकामना दिए ।

खेलकुदको पहिलो दिन कक्षा नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरु विच बिभिन्न विधामा खेलकुद शुरु गरिएको छ । बेलुन फुटाउने, चम्चा दौड, खुल्ला दौड तथा कक्षा ४ र ५ छात्रा बिच खुला दौड सम्पन्न भएको छ भने छात्र विच भएको फुटबल प्रतियोगितामा कक्षा ५ बि ले कक्षा ४ ए लाई ० का बिरुद्ध ६ गोल गर्दाै प्रथम हुन सफल भएको विद्यालयका संयोजक दिनेश शर्माले जानकारी दिए ।

खेलकुद अन्तर्गत फुटबल, क्रिकेट, भलिवल, टेबलटेनिस लगायतका खेल खेलाईर्ने विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिए । खेलकुद प्रतियोगिता कात्तिक२६ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->