पोखरा/ कास्कीको पोखरा महानगरपालिका वडा नं २७ तालचोकमा रहेको डायमन्ड माध्यमिक विद्यालयमा चौथा डायमण्ड रनिङ शिल्ड खेलकुद प्रतियोगिता जारी छ ।
अनुशासन, समृद्धिका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन भइरहेको खेलकुद प्रतियोगिताको दोस्रो दिन फुटबलका पहिलो चरणका ६ खेल भएको विद्यालय संयोजक दिनेश शर्माले जानकारी दिएका छन् ।
दोस्रो दिनको पहिलो फुटबल खेल ट्राइब्रेकरमा कक्षा ११ व्यवस्थापन समूह लाई २—१ ले पाखा लगाउँदै कक्षा १० बि समूहको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ । त्यस्तै दिवश सुवेदीको एक गोलको मद्दतमा विज्ञान समूह बिलाई पछि पारदै एक्स विज्ञान समूह विजयी बनेको छ ।
दोस्रो दिनका तेस्रो खेलमा कक्षा ९ ए ले कक्षा १० ए लाई दुई गोलको सहज जित निकालन सफल भएको छ जुन खेलमा एरिक पुन र सबिन थापाले एक एक गोल गरेका थिए । त्यस्तै असिम मगर र नोयल रानाको २ गोलको मद्दतमा कक्षा ८ ले कक्षा ९ बि बीच पनि सहज जित हासिल गरेको छ ।
पाँचौ खेलमा रसिक थापाको एक मात्र गोलले व्यवस्थापन समुह अर्काे चरणमा प्रवेश गरेको छ । दोस्रो दिनको अन्तिम खेल निकै नै रोमाञ्चक रहेको थियो उक्त खेलमा साबिकको उपबिजेता टोलि पूर्व व्यवस्थापन समूहलाई भेट्रान्स समूहले शून्यका विरुद्ध तीन गोल गर्दै जीत हात पारेको छ जसमा सुशिल रानाले एक तथा सुवास थकालीले दुई गोल गरेको विद्यालयमा अतिरिक्त क्रियाकलाप प्रमुख विकास लामिछानेले जानकारी दिएका छन् । रनिङसिल्ड यहि कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ ।





