पोखरा/ पोखरा रंगशालामा जारी वाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौंट क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नवलपुर विजयी भएको छ । रोमाञ्चक खेलमा नवलपुरले कास्कीलाई १ विकेटले पराजित गरेको हो ।
नवलपुरले टस जितेर कास्कीलाई व्याटिङको निम्तो दिएपछि कास्कीले ४० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३६ रन बनायो । कास्कीको तर्फबाट सिविन श्रेष्ठले ३४, सुवास भण्डारीले २७ तथा आयुष सैंजुले २५ रन जोडे । कास्कीलाई सस्तैमा समेट्न नवलपुरका बलहरु सुदिप अर्यालले ३ तथा निश्चल भुषाल, कमल परियार र स्वीकार श्रेष्ठले समान २/२ विकेट लिए ।
१ सय ३७ रनको लक्ष्य पछ््याएको नवलपुलाई जितका लागि अन्तिम बल सम्म कुर्न प¥यो । म्यान अफ द म्याच दीपकप्रसाद डुम्रेले अभिजित ४६ रन जोड्दै टिमलाई जितको बाटो देखाएका हुन् । त्यस्तै भुपेन पुनले २१ रन जोडे । कास्कीका बलरहरु सुवास भण्डारीले ३ विकेट लिए भने किरण पौडेल, नितेश गिरी, अभिषेक थापा र प्रमोद बास्तोलाले १÷१ विकेट बाँडे । खेलमा ४६ रन बनाएका नवलपुरका दिपक म्यान अफ द म्याच भए । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतमले उनलाई म्यान अफ द म्याच ट्रफि प्रदान गरेका थिए । प्रतियोगितामा बुधबार स्याँग्जा र तनहुँ विच प्रतिस्पर्धा हुने आयोजक क्षेत्रिय क्रिकेट संघ गण्डकी प्रदेशले जानकारी दिएको छ ।





