आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टुडिँखेललाई बगर भाइखलकको सहयोग

टुडिँखेललाई बगर भाइखलकको सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७८, बिहिबार

पोखरा/ पोखरा १ बगरस्थित टुडिँखेल मैदान स्तरोन्नतिका लागि बगर भाइखलकले नगद सहयोग गरेको छ ।
पोखराको ऐतिहासिक खेल मैदानको रुपमा रहेको टुडिँखेलको खेलमैदान निमार्णको चरणमा रहेको छ मैदानका लागि भाइखलकको तर्फबाट १ लाख रुपैयाँ सहयोग गरिएको हो ।

बगर भाइखलकले गत वर्षसमेत नगद १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । टुँडिखेल मैदान स्त्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष प्रेमरमण आचार्यलाई एक लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।
गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङले मैदान संरक्षणका लागि यसरी नै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

रकम हस्तान्तरण कार्यक्रममा बगर भाई खलकका अध्यक्ष दिलबहादुर गुरुङले ‘एट ए साइड भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’का लागि समेत सहज वातावरणमा सम्पन्न गर्न सहयोग मिल्ने बताए ।
यस्तै बगर भाइ खलकको आयोजनामा हुने एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको समेत मिति सरेको छ । पुस १९ देखि २४ गतेसम्म हुने भनिएको ११ औँ संस्करणको प्रतियोगिताको मिति १ हप्ता पछि सारिएको हो । प्रतियोगिताका लागि तमु धिं यूकेका ४० जना सदस्य पोखरा आउने कार्यक्रम रहेकाले प्रतियोगिता पछि धकेलिएको बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५१ हजार १ सय ११ रुपैँया तथा विजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने संस्थाले निर्णय यसअघि नै घोषणा गरिसकेको छ । गत वर्षको भन्दा प्रथम पुरस्कारमा ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->