आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मिलनको शतकीय पारीमा स्याङ्जा विजयी

मिलनको शतकीय पारीमा स्याङ्जा विजयी


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७८, बिहिबार

पोखरा/ मिलन क्षेत्रीले उत्कृष्ट ब्याटिङ्ग गर्दै १ सय २१ रनको शानदार पारी खेलेपछि पोखरामा जारी यु–१९ क्षेत्रिय छनौट क्रिकेट प्रतियोगितामा स्याङ्जाले तनहुँमाथि १ सय १० रनको फराकिलो जित निकालेको छ । म्यान अफ द म्याच चुनिएका मिलनले आफ्नों पारीमा ९९ बलको सामना गर्दै १२ चौका र ६ छक्का प्रहार गरे ।

टस जितेको तनुहँले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको स्याङ्जाले पुरा ४० ओभरमा ९ विकेट गुमाएर २ सय ५३ रनको विशाल योगफल तयार पा¥यो । स्याङ्जाको तर्फबाट सुजन गौतमले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अभिजित ५३ रन बनाएका थिए । त्यस्तै विष्णु पाण्डेले ३३ रन जोडे । तनहुँका बलर परिक्षित ढकालले २ विकेट लिए ।

जितका लागि २ सय ५३ रनको लक्ष्य पछ्याएको तनहुँले ३१ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४३ रन बनाउन सक्यो । तनहुँको तर्फबाट सचिन अधिकारीले ४० तथा उत्सव श्रेष्ठले ३३ रनको योगदान दिए । स्याङ्जाको तर्फबाट टिकाराम गैह्रेले २ किवेट लिए । प्रतियोगिता अन्तर्गत बिहीबार स्याँग्जा र नवलपुरविच प्रतिस्पर्धा हुने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->