बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा म्याराथनलाई प्रदेश सरकारको साथ रहने

पोखरा म्याराथनलाई प्रदेश सरकारको साथ रहने


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७८, बुधबार

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल बनाउन गण्डकी प्रदेश सरकारको साथ रहने प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले बताएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा यूवा तथा खेलकुद मन्त्री गुरुङ र प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । सो अवसरमा मन्त्री गुरुङले पोखरालाई म्याराथनको माध्यमबाट विश्वमा चिनाउन पोखरा म्याराथनको महत्वपूर्ण भूमिका रहेको बताए । खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले अग्रज खेलाडीहरुको संस्थाबाट सम्मानित हुन पाउँदा आफूलाई निकै गौरव लागेको धारण राख्दै उनले भने,‘पोखरा म्याराथनले पोखराको पर्यटन प्रवद्र्धनमा समेत उल्लेखनीय भूमिका खेलेको छ ।’

कार्यक्रममा आफ्ना धारणा राख्दै प्रदेश खेलकुदका सदस्य सचिव तथा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चले आफ्नो खेलकुद जिवनमा धेरै सिक्ने अवसर दिएको बताउँदै पोखरा म्याराथन १६ औं संस्करणसम्म सफलतापूर्वक आउनुको पछाडी पोखरेलीहरुको निश्वार्थ सहयोग रहेको बताए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->