आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर :सलोनी फाइनलमा

जुनिएर आइटिएफ वल्र्ड टेनिस टुर :सलोनी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७८, शनिबार

पोखरा\जुनिएर आइटिएफ वल्र्ड टेनिस टुरमा नेपालकी सलोनी तामाङ व्यक्तिगत प्रतिस्पर्धाको फाइनलमा प्रवेश गरेकी छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतकी सुकमणि भण्डारीलाई हराउँदै फाइनलको यात्रा तय गरेकी हुन् ।
सलोनीले ७–६,७–६ कै सेटमा जित आफ्नो पक्षमा पारिन् । भारतकी हान्नाह नागपालले मेहेर मिश्रलाई हराउँदै फाइनलको यात्रा तय गरिन् । उनले मिश्रलाई ६–१ र ६–२ ले हराउँदै फाइनलमा सलोनीसँगको भेट पक्का गरेकी हुन् ।
समुह गत महिला तर्फ नेपालकी इशा श्री शाह र श्रवणी श्रेष्ठको जोडि फाइनल प्रवेश गरिन् । उक्त जोडिले नेपालकै रियाना शाह र प्रकृती श्रेष्ठको जोडिलाई ६–१, ६–७ र १०–७ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पुरुषतर्फको समूहगत खेलमा भारतका कविर चाब्रिया र दकस प्रसादको जोडी फाइनल प्रवेश गरेको छ । उनीहरुले नेपालका आर्यन गिरी र आरभ सम्राट हादालाई ६–२,४–६ र १०–४ ले हराएका हुन् । प्रतियोगिताको महिला र पुरुष तर्फका बाकि सेमिफाइनल खेल भने आज (शनिबार) हुनेछ । प्रतियोगितामा विभिन्न ९ राष्ट्रका १ सय १९ खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->