आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनाङ मस्र्याङ्दीको खेलका पोखरामा

मनाङ मस्र्याङ्दीको खेलका पोखरामा


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७८, बिहिबार

पोखरा/ शहीद स्मारक राष्ट्रिय ए डिभिजन फुटबल लिगअन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले आफ्ना ३ खेल पोखरामा खेल्ने तयारी गरेको छ ।

लिगअन्तर्गत मनाङको खेल घरेलु मैदान पोखरामा हुने भएपछि यतिबेला मैदान तयार गर्ने काम सुरु भएको छ । क्लबका केही सदस्यहरु खेल हुने भएपछि मैदान तयारी गर्न पोखरा आएका छन्् ।
मनाङले लिगअन्तर्गतका ३ खेल पोखरामा खेल्ने छ । ‘हाम्रो क्लबले ३ क्लबलाई आग्रह गरेर ३ खेल पोखरामा गर्दैछौँ । यो हाम्रो होम ग्राउन्ड हो, त्यसैले यहाँ खेल हुनुपर्छ भनेर हामी लागिपरेका छौँ’, क्लबका एक पदाधिकारीले भने,‘हामीले लिगमा अहिले सोचेजस्तो प्रदर्शनी गर्न सकिरहेका छैनौँ । मुख्य प्रशिक्षक पनि बल्ल आइपुग्नु भएको छ । अब होम ग्राउन्डमा हामीले सुधारिएको प्रदर्शन गर्ने विश्वासमा छौँ । ’

क्लबले पाँचौ खेल नेपाल पुलिससँग, सातौँ खेल ब्रिग्रेड ब्वाइज क्लब र आठौँ चरणमा च्यासलसँग पोखरामा खेल्ने सहमति भएको उनले बताए । ‘अहिले मिति तोकिएको छैन तर २–३ दिनभित्र मिति निकाल्छौँ’, उनले भने ।
खेल्न लायकको मैदान बनाउनका लागि आफूहरु पोखरा आएको उनले जानकारी दिए । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले मनाङको ३ खेल पोखरामा हुन लागिपछि मैदान स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको जानकारी दिए । अहिले मैदानमा रहेका घाँस काट्नेदेखि पानी हाल्ने काम सुरु भएको छ । अध्यक्ष गुरुङका अनुसार पुस ३ गते, २४ गते र २७ गते खेल हुने सम्भावना छ । मनाङ मस्र्याङदी क्लबका पदाधिकारी केही दिनदेखि मैदानकै लागि पोखरामा बसेको उनले सुनाए ।

जारी लिगमा मनाङ ३ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ । मनाङले २ खेलमा जित र १ खेल बराबरी खेलेको छ । समान खेल खेलेको सातदोबाटो ७ अंकसहित गोल अन्तरको आधारमा मनाङभन्दा अघि शीर्षस्थानमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->