आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हिसान स्पोर्टस मिट सुरु

हिसान स्पोर्टस मिट सुरु


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०७८, शुक्रबार

पोखरा\उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट सुरु भएको छ ।
प्रतियोगिताको एक भव्य कार्यक्रमका बीच गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका छन् । पुस ८ गतेदेखि ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताले यूवा खेलाडीको उत्पादनमा टेवा पुग्ने बताए ।
प्रतियोगिताका संयोजक डा. रामजी शर्माले हिसान स्पोर्टस मिटले राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका रहेको बताए । १४ औं संस्करणको स्पोर्टस मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन र बास्केटबलका गरी ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार चार वटै इभेन्टका खेलहरु भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->