पोखरा\ पोखरामा आइतबारदेखि खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा १८ औँ संस्करणको माछापुच्छ«े पोखरा खुल्ला तथा भेट्रान्स टेनिस प्रतियोगिता हुन लागेको हो ।
संघका अध्यक्ष लोकबहादुर गुरुङका अनुसार प्रतियोगिता ५ दिनसम्म चल्ने छ । प्रतियोगिताको महिला÷पुरुष एकल तथा सामूहिकतर्फको प्रतिस्पर्धा हुने उनले बताए ।
खुल्ला महिला तथा पुरुष प्रतिस्पर्धा हुनेछ भने भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्ष माथि र ६५ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फ एकल विधा (महिला तथा पुरुष) विजेताले समान ८० हजार रुपैयाँ तथा उपविजेताले समान ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सामूहिकतर्फका विजेताले ३० हजार रुपैयाँ तथा उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।





