आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आज स्माइल मार्ट उद्घाटन

आज स्माइल मार्ट उद्घाटन


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७८, शनिबार

पोखरा/ पोखरा महानगर ५, मालेपाटन गणतन्त्र चोकमा शनिबारदेखि स्माइल मार्ट सचालनमा आउने भएको छ । क्रिसमसको अवसर पारेर मार्टको औपचारिक उद्घाटन हुने सञ्चालक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
मार्टमा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध हुनेछन् । दैनिक उपभोग्य खाद्य सामग्री, कस्मेटिक, पेयपदार्थ, किचन वेयर लगायत इलेक्ट्रोनिक्स सामान उपलब्ध हुने सञ्चालक भट्टराईले जानकारी दिए ।
उद्घाटनदेखि पुस १७ गतेसम्म हरेक सामान खरिद गर्दा ५ देखि २५ प्रतिशतसम्म छुट रहेको भट्टराईले जानकारी दिए । तीन हजारभन्दा माथिको खरिदमा निशुल्क होम डेलिभरीको सुविधासमेत छ । अनलाइन तथा फोनको माध्यमबाट बुकिङ गर्न सकिने छ ।
मार्टमा गएर खरिद गर्न चाहने ग्राहकका लागि निशुल्क सुविधायुक्त पार्किङको व्यवस्था रहेको छ । ४ करोडको लागतमा खुलेको मार्टले त्यस क्षेत्रका उपभोक्ताले एकै ठाउँबाट आफूलाई चाहिने सामानको खरिद सुविधा लिन सक्नेछन् ।
पोखरा बाग्लुङ हाइवेमा पर्ने यस मार्ट प्रस्याङ, मालेपाटन, बिन्दबासिनी, जिरो किमी, धारापानीलगायत ठाउँहरुका जनतालाई लक्षित गरी मार्ट सन्चालनमा ल्याइएको भट्टराई बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->