आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेशले खेलकुद नीति आउँछ : मुख्यमन्त्री

प्रदेशले खेलकुद नीति आउँछ : मुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • पुष १० २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको खेल नीति ल्याउने बताएका छन् । प्रदेशको खेलकुद विकासका लागि खेल नीति आवश्यकता रहेकाले खेल विज्ञ, खेलाडी, खेल पदाधिकारी तथा सरोकारवाला निकायसँग छलफल गर्दै खेलकुद नीति ल्याउने तयारी भइरहेको उनले बताए ।

मुख्यमन्त्री पोखरेलले शुक्रबार ३ महिने सहायक प्रशिक्षक तालिमको उद्घाटन पश्चात बोल्ने क्रममा उक्त कुरा बताएका हुन् । ‘शिक्षा नीति आइसक्यो, स्वास्थ्य नीति आइसक्यो अब प्रदेश सरकारले खेलकुद नीति ल्याउँनेछ । हामी सबैसँग बसेर छलफल गरेर नीति ल्याउँछौँ’, उनले भने,‘खेलकुदको विकासका लागि प्रदेश सरकार संद्यै सकरात्मक छ तर विडम्बना हामीसँग बजेट छैन् ।’

मुख्यमन्त्री नेपालीले प्रदेश सरकारले उच्चस्तरीय समितिको गठन गर्दै प्रदेशभर रहेका सार्वजानिक जग्गाको प्रतिवेदन बनाउने काम भइरहेको बताए । उक्त काम सकिएर प्रतिवेदन आएपछि दीर्घकालीन रुपमा जग्गा खेल मैदानका लागि भोगाधिकार गर्न दिने समेत बताए । उनले ३ महिने सहायक प्रशिक्षण तालिमको भरपुर फाइदा लिन प्रशिक्षार्थीलाई आग्रह समेत गरे ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुदको विकासमा सरकारले ५ प्रतिशत रकम खर्चिनुपर्ने बताए । तालिममा ९ जिल्लाका ९३ प्रशिक्षार्थी छन् । तालिमको प्रयोगात्मक बाहेक अन्य सबै सिकाइ भर्चुअल माध्यमबाट हुनेछ । तालिमका लागि १५ जना प्रशिक्षक छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->