पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता आइतबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले टुर्नामेन्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।
उद्घाटन समारोहमा नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणाले कास्कीले टेनिसमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै खुसी व्यक्त गरे । उनले पोखराले आइटीएफ, तथा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेर टेनिसबाटपनि पोखरालाई थप उचाइमा पु¥याएको सुनाए ।
राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङले पोखरामा सञ्चालन हुने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुले यहाँको खेल पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले पाखराको क्रियाशील संघहरुले खेलकुद गतिविधिलाई उकास्न आआफ्नो ठाउँबाट लागिपरेकोबेला सरकारले पनि खेल क्षेत्रलाई महत्वका साथ हेर्नुपर्ने जोड दिए ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकास बहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को स्कोरमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउनु भयो ।
त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान तामाङ्गले एम.पी. गिरीलाई ६–१, ६–३ ले, धरमबहादुर लामिछानेले गोपा प्रसाद ज्ञवालीलाई ६–३, ६–२ ले, रोहित सुनुवारले सञ्जय झा लाई ६–२, ६–१ ले, उत्तम लामाले प्रदिप शाहलाई ६–३, २–६ र सुपरटाईमा १०–८ ले पराजित गरेका थिए ।
त्यस्तै, विनोद कायस्थले विष्णु चापागाइलाई ६–०, ६–० ले, शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, विकास गुरुङले नारायण पहारीलाई ६–१, ६–० ले, हुम आलेले सुदर्शन विष्टलाई ६–२, ६–३ ले तथा विमल कुमार गुरुङले रामु विकलाई ६–१, ६–३ ले पराजित गर्दै पहिलो चरण पार गरे ।
महिला एकलतर्फ रायना शाहले अजा रेग्मीलाई २–६, ६–२ र ६–३ ले, सर्भानी श्रेष्ठले माहिका राणालाई ६–२, ६–४ ले, श्रेया भट्टराईले इन्द्रकमल श्रेष्ठलाई ७–६, ६–३ ले, सुभांगी लक्ष्मी शाहले रोमिका बुद्धाचार्यलाई ६–३, ६–३ ले पराजित गर्दा मेन्स डबल्समा शक्ति शर्मा र गोविन्द नेपालीको जोडीले प्राञ्जल कायस्थ र नेहाल जंगबहादुर थापाको जोडीमाथि ६–३, ६–२ को नतिजा निकाले ।
त्यस्तै ४५ वर्ष माथिको मेन्स डवल्समा शरण गुरुङ र लोक गुरुङको जोडीले मनोज बस्नेत र रामु विकको जोडीलाई ६–४, ६–० ले, विनोद कायस्थ र विकास गुरुङको जोडीले सञ्जय झा र उत्तम बोगटीको जोडीलाई ६–१, ६–२ ले, नविन चालिसे र बिरेन्द्र लामाको जोडीले कृष्ण केसी र इन्द्र गुरुङको जोडीलाई ६–१, ६–२ ले पराजित गरे ।
५५ वर्ष माथिको एकलमा राजकुमार गुरुङले नरेन्द्रकुमार सिंहलाई ६–१, ६–१ ले, कृष्ण घलेले प्रदीप शाहलाई ६–२, ६–२ ले, उत्तम लामाले पदमबहादुर गुरुङ्गलाई रिटायर्ड हर्टमा, मनोज राणाले अनिल तुलाचनलार्ई ६–३, ६–४ ले तथा ध्रुव घलेले राजेन्द्रसिंह भण्डारीलाई ७–६, ४–६ र सुपर टाईमा ११–९ ले पराजित गरे ।
५५ वर्ष माथिको मेन्स डबल्समा बिदुर विष्ट र काजी गुरुङ्गको जोडीले राजकुमार गुरुङ्ग र पदम गुरुङको जोडीलाई रिटायर्ड हर्टमा, समीर शेरचन र अनिल तुलाचनको जोडीले ध्रुव घले र शहदेव ढुंगानाको जोडीलाई ६–१, ६–२ ले पराजित गर्दै दोस्रो चरणका लागि आफ्नो स्थान सुरक्षित पारेका थिए ।
सो अवसरमा पोखरा टेनिस कम्प्लेक्सभित्र कोर्ट निर्माणमा सहयोग गरेको भन्दै हङकङका विकास गुरुङ, जापानका अमृत गुरुङ तथा यसअघि विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितेका पोखरेली खेलाडीहलाई सम्मान गरिएको थियो ।





