आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कमल थापा : राजनीतिमा हार, खेलमा दोहोरो जित !

कमल थापा : राजनीतिमा हार, खेलमा दोहोरो जित !

राप्रपाको हारको पीडा नसकिँदै पोखरामा लनटेनिस नै खेल्न आएका थापाले भने यता भने २ खेलमा जित निकालेका छन् ।


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीमा निवर्तमान अध्यक्ष कमल थापाको अर्को परिचय हो–टेनिस खेलाडी । राजनीतिका ‘चतुर’खेलाडी नेपालदेखि भारतसम्म हुने लनटेनिस प्रतियोगितामा सामेल हुन्छन् । त्यसो त उनी फुटबल खेलाडीसमेत हुन् । उनी एन्फाको अध्यक्ष पनि भएका थिए ।
उमेर उकालो लागेसँगै थापा लनटेनिसतर्फ तानिएका हुन्। लनटेनिसका भेट्रान कमलले मैदानमा हार र जित दुबै व्यहोरेका छन् । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न एकता महाविधेशनमा आफूभन्दा कनिष्ठ राजेन्द्र लिङ्देनसँग पराजित भए । लिङ्देनले १ हजार ८४४ मत पाउँदा थापाको पक्षमा १ हजार ६१७ मतमात्रै आयो ।
पराजयलगत्तै थापाले लिङ्देनलाई बधाई त दिए तर आफ्नो हारको कारक पूर्वराजा ज्ञानेन्द्र भएको सार्वजनिक अभिव्यक्ति दिए । अझै दिँदैछन् । थापाको त्यो अभिव्यक्तिले उनीमाथि असहिष्णु र पराजय स्वीकार्न नसक्ने व्यक्तिको आक्षेप लगाइयो । राप्रपाको हारको पीडा नसकिँदै पोखरामा लनटेनिस नै खेल्न आएका थापाले भने यता भने २ खेलमा जित निकालेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा भेट्रान खेलाडी कमल थापाले एकैदिन दोहोरो जित निकालेका हुन् । उनले ५५ वर्ष माथिको सिंगल र डबल्स दुवै इभेण्टमा जित हात पारे । सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६–४, ६–० को सहज जित निकाले । सोही उमेर समुहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर बिष्ट र काजी गुरुङको जोडीलाई ६–२, ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाउन सफल भए ।
प्रतियोगिताअन्तर्गतसोमबार भएका अन्य खेलहरुमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६–१, ६–२ ले, विष्णु नेपालीले गौरवप्रताप शाहलाई ६–१, ६–३ ले, नेहार जंगबहादुर थापाले प्रमोद बहादुर थापालाई ६–०, ६–० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६–०, ६–० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६–०, ७–६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६–०, ६–२ ले पराजित गरे ।
त्यस्तै उमन्स सिंगलतर्फ सलोनी तामाङले रायना शाहलाई ६–४, ६–३ ले, शर्भानी श्रेष्ठले प्रकृतिश्रेष्ठलाई ६–२ ६–० ले, भगवती विकले श्रेया भट्टराईलाई ६–३, ६–३ ले तथा गंगा शर्माले सुभांगीलक्ष्मी शाहलाई ६–१, ६–३ ले पराजित गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->