आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपालले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

नेपालले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०७८, मंगलबार

काठमाडौं\साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।
ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६-२४ ले नेपालले अग्रता बनाएको थियो ।
सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८-१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->