आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्तिम खेलमा कास्की ९ विकेटले विजयी

अन्तिम खेलमा कास्की ९ विकेटले विजयी


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

पोखरा/पोखरामा गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताअन्र्तगत मंगलबार भएको अन्तिम खेलमा कास्कीले नवलपुरमाथि ९ विकेटको जित निकाल्दै प्रतियोगिताको च्याम्पियन समेत बन्यो ।
खेलमा पहिला व्याटिङ गरेको नवलपुरले सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नवलपुरको तर्फबाट दिपक डुम्रेले ३१ तथा रोविन तिमिल्सीनाले २३ रन जोडे । कास्कीका बलरहरु विपिन खत्रीले ४, कृष्ण पौडेलले ३ तथा दिपेश खत्रीले २ विकेट लिए ।
जितका लागि १ सय ३१ रनको लक्ष्य पाएको कास्कीले निर्धारित ४० ओभरमध्ये ३०.४ ओभरमा मात्रै १ विकेट गुमाएर जित हाँसिल ग¥यो । कास्कीको तर्फबाट विधान श्रेष्ठले अभिजित ४३ तथा मुस्कान थापाले अभिजित ४० रन जोडे । यसअघि ओपनर अनिल गुरुङले ३२ रनको पारी खेलेका थिए । खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपिन खत्री म्यान अफ द म्याच भए ।
प्रतियोगितामा कूल७ विकेटसहित ३० रन बनाएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी भए । त्यस्तै प्रतियोगिताभर १ सय ४५ रन जोडेका कास्कीका अनिल गुरुङ उत्कृष्ट व्याट्स्म्यान बन्दा नवलपुरको तर्फबाट ७ किवेट लिएका कमल परियार उत्कृष्ट बलर घोषित भए ।
विजयी खेलाडीहरुलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कोषाध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश खेलकुद संघका सदस्य गिरमान गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->