आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गलकोट र शुक्लागण्डकी फाइनलमा

गलकोट र शुक्लागण्डकी फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०७८, शनिबार

स्याङ्जा/ दोस्रो पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबलको फाइनलमा साविक विजेता गलकोट गाउँपालिका बाग्लुङ र शुक्ला गण्डकी नगरपालिका तनहुँ भिड्ने भएका छन् । देशकै सबैभन्दा ठूलो धनराशीको भलिबलमा समूह चरणमा एउटै समूहमा रहेको पहिलो गलकोट र दोस्रो शुक्लागण्डकी फाइलनको यात्रा तय गरेका हुन् ।

सेमिफाइलनमा गलकोटले वालिङ नगरपालिकालाई २५– २३, २५–१८, १४–२५ र २५–१७ को सेटमना र शुक्लागण्डकीले पुतलीबजारलाई २५– १८, १९–२५, २५–२२ र २५–२० को सेटले पराजित गर्दै फाइनलमा भेट पक्का गरेको एसियन रेफ्री टहल सिँह थापाले बताए । पुस ७ गतेबाट सुरु भएको लिगकम प्रतियोगिताको प्रथमले पाँच लाख र द्वितीयले तीन लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

पुतलीबजार नगरपालिकाको आर्थिक सहयोगमा पुतलीबजार नगर युवा सञ्जाल तथा खेलकुद बिकास समितीले खेलकुद आयोजना गरेको हो । प्रतियोगतामा तृतीयले एक लाख ५० हजार र सान्त्वनाले ७५ हजार नगद हात पार्ने संजालका अध्यक्ष डोलबहादुर मल्लले बताए । प्रतियोगितामा बेष्ट प्लेयरलाई ३० हजार, उत्कृष्ठ विधामा जनही १५ हजार पुरस्कार छ ।

प्रतियोगितामा स्याङ्जा, कास्की, तनहँु, बाग्लुङ, नवलपुर, पाल्पा, गुल्मी, धादिङ, अछामका खेलाडी सहभागी रहेको प्रतियोगता १४ गते समापन गर्ने कार्यतालिका क्लबले सार्वजनिक गरेपनि वर्षाका कारण प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->