आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मनाङको कठिन जीत, पेनाल्टीमा चुक्दा बिबिसीको हार

मनाङको कठिन जीत, पेनाल्टीमा चुक्दा बिबिसीको हार

बिबिसीलाई आगामी यात्रा निकै कठिन देखिएको छ । बिबिसीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।


  • विजय नेपाली
  • पुष १८ २०७८, आइतबार

पोखरा/घरेलु टोली मनाङले बिग्रेड ब्वाइज क्लब (बिबिसी)लाई १–० गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ । पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङले सोचे अनुसारको जित निकाल्न नसकेको हो ।
मनाङले बि लिगमा सोचे अनुसारको जित निकाल्न सकेन । मनाङले बिबिसीको रणनीति अनुसार नै मैदानमा उत्रिएपनि जित्नका लागि निकै संघर्ष गर्नुप¥यो । खेलभर मनाङलाई निकै दबाबमा राखेको बिबिसी पेनाल्टीमा चुक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको १५ औँ मिनेटमा बिबिसीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

मनाङका अदित्य चौधरीले शिशिर लेखिलाई डि एरियाभित्र लडाएपछि बिबिसीले गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेको थियो । पेनाल्टीका लागि शिशिर अघि बढेका थिए । उनको पेनाल्टी प्रहार आकाशिदा बिबिसी अग्रता लिन बाटमात्रै चुकेन लिगको रेलिगेसनमा पर्ने खतरालाई समेत अघि बढायो । बिबिसीलाई आगामी यात्रा निकै कठिन देखिएको छ । बिबिसीले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।
खेलको सुरुवात देखिनै मनाङलाई दबाबमा राखेको बिबिसीले बारम्बार गरेको प्रहारलाई पोष्टको दिशा दिन सकेन । खेलको छैटौं मिनेटमा नै बिबिसीका भुवन बस्नेतको प्रहार बाहिरीयो । २२ औं मिनेटमा राजत तिवारीको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बने । ३१ औं मिनेटमा शिशिरको वानटच पासमा रुडे एमबाकोपको पोष्ट नजिकैको प्रहार बाहिरिदा बिबिसी अग्रता लिनबाट चुक्यो ।

३३ औं मिनेटमा ओलावालेको प्रहारलाई बिबिसीका गोलरक्षक ग्रुप्रित सिंहले बचाउ गर्दै संकट टारे । कप्तान अञ्जन विष्टले मिलाइ दिएको पासमा ओलावालेले टोलीलाई अग्रता दिलाउने अवसर पाएका थिए । ४१ औं मिनेटमा कप्तान रोशन रानामगरको प्रहारमा गोलरक्षक बाधक बने । ४३ औं मिनेटमा ओलावालेले बल अघि बढाउँदै प्रहार गर्न खोजेपनि बिबिसीका गोलरक्षक सिंह चलाखीपूर्ण तरिकाले अघिबढ्दै बचाउ गरे ।
खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । पुजनको फ्रिकिक प्रहारमा दिनेश राजवंशीले हेड गर्दा गोलरक्षकले बचाउ गर्दा रिबाउन्ड हुने क्रममा खेलाडीहरु अक्मकिदा विष्टले उत्कृष्ट गोल गरेका हुन् ।

पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता लिएको मनाङले दोस्रो हाफमा भने आक्रमक रणनीति अपनाएको थियो । मनाङले टोलीको रणनीति परिवर्तन गर्दै एक मिडफिल्ड र दुई फरवार्डलाई मैदान प्रवेश गराएको थियो । मनाङले जितमा गोल संख्या बढाउन चाहान्थ्यो । मनाङले दुई मिडफिल्डर दयानन्द सिंह र नितिन थापालाई निकाल्दै फरवार्ड दिपक राई र मिडफिल्डर रुपेश केसीलाई मैदान प्रवेश गराएको थियो ।
मनाङले ६० मिनेटपश्चात खेलमा ४ फरवार्डलाई खेलाएको थियो । तर, बिबिसीले भने गोल गर्ने कुनै अवसर दिएन् । ६५ औं मिनेटमा शिशिरले प्रहार गरेको फ्रिकिक निकै आकासिँदा बराबरी गर्नबाट चुके । उनको अधिकांश प्रहार बाहिरिएको थियो । ८१ औं मिनेटमा अञ्जन विष्टको हेडर क्रसबारमा लाग्दै बाहिरिँदा मनाङ अग्रता दोब्बर गर्नबाट चुक्यो । ८४ औं मिनेटमा भुवन बस्नेतको भलि प्रहार बारमा लाग्दै फर्किदा अर्को अवसर खेर गयो ।
उता जितबाट पनि मनाङ भने त्रासमै छ । लिगमा आइतबार मछिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ शिर्षमा रहँदै एएफसी खेल्न चाहान्छ । उता मछिन्द्र पनि जित निकाल्दै एएफसी कप खेल्न चाहान्छ । आइतबारको खेल मछिन्द्रलाई पनि जित्नैपर्ने दबाब छ । मनाङको एएफसी खेल्ने वा नखेल्ने अब मछिन्द्र र पुलिसको खेलले निर्धारण गर्नेछ ।

पेनाल्टीमा चुक्दा खेल पूर्णरुपमा बदलियो : सनोज श्रेष्ठ (प्रशिक्षक बिबिसी)

आज खेलाडीले राम्रो खेल प्रदर्सन गरे । खेलाडीको खेलबाट म निकै सन्तुष्टि छु । हाम्रो लागि पेनाल्टी मिस हुनु दुर्भाग्य सावित भयो । पेनाल्टीमा चुक्दा खेलको स्वरुप नै परिवर्तन भयो । हामी आजको खेल बराबरीमै राक्दै १ अंक बटुल्न चाहन्थ्यौँ । खेल बराबरीकै थियो तर नतिजा गोल खायौँ । अब हामीलाई झन गाह्रो भएको छ लिगमा । अब ठुला क्लबहरुसंग प्रतिस्पर्धा गर्नुपर्ने छ हामीलाई निकै कठिन भएको छ ।

बिबिसीले नसोचेको खेल खेल्यो : राजेन्द्र तामाङ (प्रशिक्षक एमएमसी)

आजको खेलमा बिग्रडले नसोचेको खेल देखायो । हिजो उनहरुको रणनीति अर्कै थियो । आज खेलमा परिवर्तन भयो । निकै टफ गेम भयो । हाम्रो लागि ३ अंक महत्वपूर्ण थियो । त्यो प्राप्त ग¥यौ । तर एएफसीका लागि भने पुलिस र मछिन्द्रको खेलले निर्धारण गर्छ । हाम्रा खेलाडीलाई अंग्रेजी नयाँ वर्षले पनि असर गरेको देखियो । पोखरामा न्यु इएर मनाउदा खेलाडीले खेलमा राम्रो नतिजा हासिल गर्न भने सकेनन् ।

पोखरा रंगशाला समयमा नसकिँदा अन्तराष्ट्रिय खेलहरु गुम्यो : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले पोखरा फुटबल मैदान समयमा नसकिदा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता गुमाएको बताएका छन् । पोखरामा जारी लिगमा अतिथि हुन आइपुगेका उनले मनतव्य दिने क्रममा पोखराले अवसरहरु पाएर पनि गुमाएको बताएका हुन् ।
पोखरामा सार्क राष्ट्रदेखि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न चाहेपनि फुटबल एरिनाको अपुरो कामले ल्याउन नसकिएको बताए । उनले अब मनाङले खेल्ने अन्तराष्ट्रिय खेलहरु पोखरामै ल्याउने भएकाले समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

‘हामीले धेरै अन्तराष्ट्रिय खेलहरु पोखरामा ल्याउ चाह्यौ तर निमार्ण सम्पन्न नहुँदा समस्या आयो’ उनले भने, ‘अन्तराष्ट्रिय प्रतियोगिता गर्दा सुरक्षाका कुरा आउँछन । यो रंगशालामा त्यो देखिदैन ।’ उनले महिला साफ च्याम्पियनसिप पनि नेपालले नै आयोजना गर्न लागेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->