आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तुहियो एमएमसीको ‘एएफसी कप’ सपना

तुहियो एमएमसीको ‘एएफसी कप’ सपना

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्षस्थानमा ।


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७८, सोमबार

यसअघि २०७६ मा पनि मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण यसअघि एएफसी कप गुमाएको थियो ।

पोखरा/ सहिद स्मारक राष्ट्रिय ए डिभिजन लिग फुटबलको तालिकाको शीर्षस्थानमा रहँदै एएफसी कप खेल्ने मनाङ मस्र्याङ्दी क्लबको सपनामा मच्छिन्द्र बाधक बनेको छ । मनाङले घरेलु मैदानमा जित निकाल्दै एएफसीमा जाने सपना देखेको थियो । मनाङले मच्छिन्द्र फुटबल क्लबले हारेको हेर्न चाहे पनि सपना पूरा हुन सकेन ।

काठमाडौं त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै जुनमा हुने एएफसी छनोट खेल खेल्ने छ । यसअघि २०७६ मा पनि मच्छिन्द्रले एएफसी खेल्ने अवसर गुमाएको थियो । मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण यसअघि एएफसी कप गुमाएको थियो ।

जित्नैपर्ने दबाव साथ कतार एअरवेज सहिद स्मारक ए डिजिभन लिगको सातौं चरण आइतबार नेपाल पुलिस क्लबलाई १–० ले हराएपछि मच्छिन्द्रले एएफसी कप छनोटको यात्रा पक्का गरेको हो ।

लिग च्याम्पियनले एएफसी कप खेल्नु पर्ने भएपछि समय अभावका कारण सातौं चरणमै एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने ४ मध्ये अंक तालिकाको माथिल्लो स्थानमा रहने टोलीलाई एएफसी कपको छनोट खेलाउने अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावलाई एसियाली फुटबल महासंघ (एएफसी) ले स्वीकार गरेको थियो । त्यसैले लिगको १३ मध्ये सातौं चरणको माथिल्लो टोलीले एएफसी कप छनोट खेल्नेछ ।

गत वर्ष भने मच्छिन्द्र, मनाङ र एपिएफ फुटबल क्लबले लाइसेन्स प्राप्त गरेका छन् । त्यसअर्थ यसपटक ४ टोलीबीच मात्र एएफसी कप छनोट खेल्ने प्रतिस्पर्धा थियो । आर्मी र एपिएफ भने पहिला नै छनोटको दौडबाट बाहिरिसकेपछि मनाङ र मच्छिन्द्रबीच मात्र प्रतिस्पर्धा थियो ।

पुलिसविरुद्ध मच्छिन्द्रको जितमा पहिलो हाफमा सुनिल बलले गरेको गोल नै निर्णायक बन्यो । हेमन्त श्रेष्ठले नुर्लान नोभ्रुजोभलाई फउल गरेपछि विशाल राईले झन्डै ३५ यार्ड टाढाबाट गरेको फ्रिकिकलाई अनमार्क रहेका सुनिल बलले २१औं मिनेटमा हेडमार्फत जाली चुमाएका थिए । जारी लिगमा उनको यो पाँचौ गोल हो ।

४३ औं मिनेटमा विशाल राईले पेनाल्टी बक्सभित्रको प्रहारलाई गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दा सन्तोष हेमरुनले क्लियर गर्दै पुलिसको संकटा टारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सुनिल बलको झन्डै ३० यार्ड टाढाको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बाहिर फाल्दा मछिन्द अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६८औं मिनेटमा मनिष डाँगीले गोरलक्षक शत्रुघनलाई बिट गर्दै गरेको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मच्छिन्द्रले अग्रता दोब्बर बनाउन सकेन लगत्तै काउन्टर अट्याका कप्तान रामचन्द्र वाजीको पेनाल्टी बक्सभित्रको प्रहार आकासिदा पुलिस बराबरीबाट चुक्यो । ७६औं मिनेटमा सुमन लामाको फ्रिकिक पोलमा लागेर फर्कदा पुलिस बराबरीबाट चुक्यो । ७८औं मिनेटमा कप्तान सुजल श्रेठको प्रहार गोलरक्षक शत्रुघनले पञ्च गर्दै बचाए ।

सातौ चरण जारी रहँदा अपराजित रहेको मच्छिन्द्रले ७ खेलबाट १७ अंक जोड्यो । मच्छिन्द्रले ५ जित र २ बराबरीको नतिजा निकालेको छ । हारपछि पुलिस ७ खेलबाट ६ अंक जोडेर १०औं स्थानमा यथावत रहेको छ । पुलिसले ७ खेल खेल्दा १ जित, ३ बराबरी र ३ हारको नतिजा निकालेको छ । दोस्रो स्थानमा रहेको मनाङको ७ खेलबाट १६ अंक छ । मनाङले ५ जित १ बराबरी र १ खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->