आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भलिबल खेलाडीलाई बागलुङमा सम्मान

भलिबल खेलाडीलाई बागलुङमा सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७८, सोमबार

बागलुङ/ स्याङ्जाको पुतलीबजार नगरपालिकाले आयोजना गरेको दोश्रो पुतलीबजार कप भलिबल प्रतियोगितामा उपाधि जितेर घर फर्केको बागलुङका खेलाडीलाई गृह जिल्लामा सम्मान गरिएको छ ।
बागलुङको गलकोटका ती खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले ती खेलाडीलाई सम्मान गरेको हो । उनीहरुले पुतलीबजारमा आयोजित भलिबल प्रतियोगितामा सर्वाधिक ५ लाख रुपैयाँको नगद पुरस्कारसमेत हात पारेका थिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिकालाई २१–२५, २५–१३, २१–२५, २५–२० र १५–१० को सेटमा हराएर ५ लाख पुरस्कार हात पारेका खेलाडीलाई थप उत्साह थप्न समितिले सम्मान गरेको अध्यक्ष कुमार खड्काले बताए । खेलाडीहरुको सम्मानले राष्ट्रकै गौरव बढ्ने भन्दै समितिका अध्यक्ष कुमार खड्काले उनीहरुको रोजीरोटीको व्यवस्था राज्यले गर्नुपर्ने बताए ।

सम्मान कार्यक्रममा प्राध्यापक डा. डिनबहादुर थापाले राजनीति र आर्थिक रुपमा संभव नभएको पहिचान खेल क्षेत्रले बनाएको भन्दै राज्यका सबै तहतप्काबाट खेल क्षेत्रको सम्मान गर्न सक्नुपर्ने बताए ।
समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता, बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकार मुकेशचन्द्र राजभण्डारी लगायतले शुभकामना दिएका थिए । प्रतियोगितामा गलकोटका प्रकाश सुनार बेस्ट प्लेयर भएका थिए । गलकोटकै राजु बिक बेस्ट ब्लकर र बेस्ट कोचमा सुरेन्द्र केसी घोषित भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->