आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

२० औं आहारारा गोल्डकप माघ ६ देखि

२० औं आहारारा गोल्डकप माघ ६ देखि


  • ढोरपाटन संवाददाता
  • पुष २० २०७८, मंगलबार

पोखरा/ पोखरामा आयोजना हुने एक मात्र अन्तराष्ट्रियस्तरको फुटबल प्रतियोगिता आहा रारा गोल्डकप माघ पहिलो साताबाट हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको मिति अनुसार २० औं संस्करणको आहा रारा गोल्डकप आगामी माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताको पुरस्कार राशी भने तत्काल तोकिएको छैन ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको सहभागीता रहनेछ । गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिसन डाउल्ला, क्यामरुङ रहेको थियो ।

प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी अनुमान गरिएको छ भने १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
सहारा एकेडेमी सञ्चालनार्थ प्रतियोगिताको आयोजना गरिँदै आएको उनले बताए । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालक आश्रित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->